free website hit counter

सेनाका यौन दुराचारीहरू सोत्तर

beemaadmin
२०७६ पुष ९, बुधबार

आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै, मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नांगिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन् ।

सैनिक हस्पिटल छाउनीमा कुमाल थरकी महिला सिपाहीसँँग शारीरिक सम्बन्ध राख्ने जमदार उत्सव महरासहित दुई जनाको जागिर जानुका साथै ३/३ महिनालाई जेल चलान गरिएको छ । सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भने भर्खरै राजीनामा दिएका छन् । अझै ३ वर्ष सेवा अवधि बाँकी छँदै किन राजीनामा दिए होलान् ? बुझ्न गाह्रो छैन ।

Advertisement
Advertisement

यसैबीच, पूर्वसेनापति रुक्मांगद कटवालको छोरा प्रमुख सेनानी सुमांगतको शैक्षिक प्रमाणपत्रमा खोट देखिएर जागिर गएपछि इण्डियाबाट सर्टिफिकेट ओसार्ने अन्य अधिकृतलाई पनि खतराको घण्टी बजेको छ । यसै सिलसिलामा प्रमुख सेनानी अमरसिंह थापा र सुजित खड्काको जागिर जाने पक्का भएको चर्चा छ ।

Advertisement
Advertisement

(जनआस्था साप्ताहिकबाट साभार)

सम्बन्धित समाचार