free website hit counter

सेनाको बेसमा अश्लील भिडियो खिचिरहेकी लेफ्टिनेन्ट चिरिप्पै

beemaadmin
२०७७ माघ ३०, शुक्रबार

एजेन्सी । सेनाको अनुशासन विश्वभर नै कडा हुन्छ । बेलायतको रोयल नेभीकी २९ वर्षकी एक अफिसर विवादमा परेकी छिन् । लेफ्टिनेन्ट क्लेयर जेनकिंग्सले एक एडल्ट वेबसाइटमा आफ्नो भिडियो बेचेर पैसा कमाइरहेको खुलेको छ । उनले यी भिडियो सेनाको अत्यन्तै गोप्य आणविक बेसमा बनाइरहेको खुलेको छ । क्लेयरको भिडियो विवादको खुलासासँगै यो गोप्य स्थानको सुरक्षाको विषयमा चिन्ता बढेको छ । क्याली टेलर भनेर पनि चिनिने क्लेयरका अधिकांश भिडियोहरु स्कटल्याण्डको ग्लासगो शहरको फासले न्यूक्लियर सबमरिन हेडक्वार्टरमा खिचिएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार कमाण्डरले यो कुरा थाहा पाएपछि उनलाई विश्वास नै नभएको एक स्रोतले बताएको छ । क्लेयरले आफ्ना ब्वाइफ्रेण्डसँग ती भिडियो बनाइरहेकी थिइन् । उनका ब्वाइफ्रेण्ड पनि नेभी अफिसर हुन् । यी महिला अफिसरको सेनामा समुद्रमा स्पेसल फोर्स तयार गर्ने जिम्मेवारी छ । यसका अलावा टम हक क्रुज मिसाइलप्रति पनि जिम्मेवार यी अधिकारीले वारफेयर अफिसरको रुपमा एक पनडुब्बीको नेतृत्व पनि गरिसकेकी छिन् ।

उनको व्यक्तित्वको अर्को पाटोबारे भने अहिले मात्र खुलासा भएको हो । उनी आफ्ना तस्वीर र भिडियो ओन्लीफ्यान्स जस्ता प्लेटफर्ममा शेयर गर्छिन् र यसबाट राम्रो पैसा कमाइरहेकी छिन् । यी भिडियोमा उनी आफ्ना प्रेमी लियाम डोडिंगटनसँग देखिन्छिन् । यसबारेमा सोधपुछ गरिँदा क्लेयरले आफ्ना अधिकारीलाई आफ्नो यो कामबारे बताइन् तर उनको भिडियो र फोटो पोस्ट गर्ने सिलसिला रोकिएन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार