free website hit counter

सेनासहित राजधानी छिर्दै विप्लव

beemaadmin
२०७७ फाल्गुन २१, शुक्रबार

काठमाडौं। आफ्ना जनसेनासहित राजधानी छिर्दैछन् नेकपा नेता नेत्रविक्रम चन्द विप्लव । नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरमा सार्वजनिक भएका हुन्। विप्लव नवलपुरबाट शुक्रबार विहान काठमाडौंमा आउँदै छन्। सरकार संगको वार्ता पछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ। बिहीबार साँझ ५ बजे नवलपरासी प्रवेश गरेका विप्लव राति देवचुली नगरपालिका –१३,का शहिद परिवार रमाको घरमा बसेको बताइएको छ। शुक्रबार विहान कार्यकर्ताहरुसंगको भेटघाट पछि काठमाण्डौं प्रस्थान गरेका हुन्। देवचुलीबाट सार्वजनिक गाडी मार्फत काठमाण्डौं प्रस्थान गरेको जनाइएको छ। विप्लवसँगै केन्द्रीय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सेना सहित उनी काठमाडौं आउँदै छन्। उनी मुग्लिन कटेको र चितवनबाट प्रहरी स्कटिङ गरेको जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार