free website hit counter

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

काठमाडौँ — विश्वप्रसिद्ध पाककलाका सेफ सन्तोष साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जनकपुरबाट पक्राउ गरेको छ। उनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साहविरुद्ध एक रेस्टुरेन्ट खरिदसँग सम्बन्धित आर्थिक लेनदेन विवाद रहेको छ। उनले काठमाडौँको गौरीधारास्थित एक रेस्टुरेन्ट किनेको तर त्यसको भुक्तानीबापत करिब १ करोड ३० लाख रुपैयाँ नतिरेको आरोप लागेको छ।

उक्त रकम नतिरेको भन्दै सम्बन्धित पक्षले अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाका अनुसार उनलाई गएराति जनकपुरबाट नियन्त्रणमा लिइएको हो र अहिले काठमाडौँ ल्याइसकिएको छ।

हाल सार्वजनिक बिदाका कारण उनलाई अदालतमा सोमबार मात्र उपस्थित गराइने तयारी गरिएको प्रहरीले जनाएको छ।

यो प्रकरण कुनै आपराधिक वा हिंसात्मक घटना नभई व्यवसायिक लेनदेन (सिविल विवाद) सम्बन्धी मुद्दासँग जोडिएको देखिएको छ, जहाँ रेस्टुरेन्ट खरिदबापतको रकम भुक्तानी नहुँदा कानुनी प्रक्रिया अघि बढेको हो।

सम्बन्धित समाचार