free website hit counter

सेबोन अझै दुई चार महिना अध्यक्ष नपाउने

beemaadmin
२०८१ असार ३, आईतवार

काठमाडौं । अझै केही महिना नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अध्यक्ष पाउने सम्भावना लगभग समाप्त भएको छ । अध्यक्ष नियुक्ति प्रक्रियामै चलखेल गरेर यो प्रक्रियालाई रद्द गराउने खेल शुरु भएको छ । आइतबार सर्ट लिस्टमा परेकाहरूको प्रस्तुतीकरण रहेकोमा सर्ट लिष्टमा परेका सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले प्रस्तुतीकरण दिए। तर डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरन्जीवी चापागाई भने प्रस्तुतीकरणमा नै उपस्थित भएनन्। जबकि अधिकारी र कार्की आइतबार कार्यालय बिदामा बसेका छन्। नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका अनुसार उनीहरू बिदामा बसेका हुन्। अधिकारी धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् भने कार्की नेप्सेका प्रमुख कार्यकारी निर्देशक हुन्। कार्यालय बिदामा बसेका अधिकारी र कार्की दुवै आइतबार बिहानैदेखि गुमनाम भए। तीनै जना मोबाइल स्वीच अफ गर्दै मौन बसिदिए। तीन जनालाई अनुपस्थित गराइए पुनः प्रक्रिया नयाँ सिराबाट सुरु गर्नु पर्ने हुन्छ। किनकि धितोपत्र ऐनले कम्तीमा पनि तीन जनाको नाम सिफारिस गर्नु पर्ने भनेको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति राजनीतिक नियुक्ति हो। जसमा अर्थमन्त्रीले आफ्नो मान्छे ल्याउन खोजेका थिए। तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोर्ड अध्यक्ष आफूले भनेको मान्छे हुनु पर्ने दबाब दिएका थिए। जसले गर्दा यस अघि अर्थमन्त्रीले नियुक्ति प्रक्रिया नै रोकेका थिए। केही समय अघि अर्थमन्त्रीले आफ्नो विश्वास पात्र नरेन्द्र कुमार रानालाई चितवनबाट झिकाएर अर्थ मन्त्रालयको पुलमा राखे। पुलमा रहेका रानालाई धितोपत्र बोर्डमा पठाए। मन्त्री पुन अर्थ मन्त्रालय बाटै धितोपत्र बोर्ड चलाउने पक्षमा छन्। सोही कारण उनले रानालाई ल्याएका हुन्। रानालाई नै निरन्तरता दिन पनि उनले नियुक्ति प्रक्रिया रद्द गर्न खोजेका हुन्। जसमा माओवादी निकट मानिने तीनै जनाले साथ दिएका छन्।

सम्बन्धित समाचार