free website hit counter

सेयर बजार र घरजग्गाप्रति नरम अर्थनीति

beemaadmin
२०८२ असार २८, शनिबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल सेयर बजार र घरजग्गा कारोबारप्रति उदार र नरम देखिएका छन् । शुक्रबार गभर्नर भएपछिको पहिलो मौद्रिक नीति जारी गर्दै उनी सेयर बजार र घरजग्गा कारोबारप्रति उदार र नरम देखिएका हुन् । उनले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि मौद्रिक नीतिमा विगतका कडाइ हुँदै आएको घरजग्गा कारोबार र सेयर कारोबारलाई सहजीकरण गर्ने नीति लिएका छन् । उनले आगामी मौद्रिक नीतिमा व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड पुर्‍याएका छन् । विगतमा व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड मात्रै थियो । उक्त सीमालाई १० करोडले बढाएर २५ करोड बनाएका छन् । गभर्नर डा। पौडेलले जारी गरेको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएको बताए । उनले यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याइएको छ । सेयर लगानीकर्ताहरूले मार्जिन कर्जाको सीमा हटाउन माग गरेका थिए । उनीहरूको माग पनि सम्बोधन भएको छ । त्यस्तै, तीन करोड रुपैयाँसम्म घर कर्जा पाइने, मूल्याङ्कनको ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था गरेका छन् ।

यस्ता छन् अन्य नयाँ व्यवस्थाहरू
१. आवश्यकता अनुसार राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने
२. १० लाख रुपैयाँसम्मको ऋणको नोक्सानी व्यवस्थापनमा लचकता अपनाइने
३. बजारमा पैसा पठाउन ब्याज दर करिडोरका दरहरू घटाइने
४. ३ करोडसम्म प्रवाह भएको कर्जामा ब्याज दर आधार दरमा २ प्रतिशत मात्र हुने व्यवस्था
५. नियमनहरू खुकुलो बनाउँदै परियोजना कर्जाहरूमा स्वनियमनमा जाने
६. सटही सुविधा २५ सयबाट वृद्धि गरी अमेरिकी डलर ३,००० कायम गरिने
७. ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत
८. ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण
९. नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिने
१०. निजी क्षेत्रको कर्जा विस्तार १२ प्रतिशत प्रक्षेपण

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार