free website hit counter

सेवाग्राही खोज्दै छत्रदेव गाउँपालिका

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । प्रदेश नं. ५ को अर्घाखाँची जिल्लामा रहेको छत्रदेव गाउँपालिकाले जनताका वरिपरि सेवा घुम्नुपर्छ भन्ने मान्यता राखेर मंसिर १८ गतेदेखि २४ गतेसम्म एक हप्ते घुम्ति शिविर शुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालकाअनुसार गाउँ पालिकाका ८ वटा वडालाई लक्षित गरी एकीकृत घुम्ति सेवा शुरु गरिएको हो । १८ गतेबाट शुरु भएको घुम्ति शिविर आइतबारसम्म जारी रहँदा वडा नं. ६ मा पुगेको छ । अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकहरुको परिचयपत्र वितरण, प्रत्येक वडामा विनियोजित विकास कार्यक्रमको योजना सम्झौता बैंक खाता खोल्ने कार्यक्रम र वित्तीय साक्षरता कार्यक्रमलाई मुख्य रुपमा एकीकृत घुम्ति सेवामार्फत् जनतालाई सेवा प्रवाह गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको हो ।

गाउँपालिकाका कर्मचारी र वडाका कार्यरत कर्मचारीहरुको संयुक्त जनशक्ति परिचालन गरेर नियमित कार्यक्रमलाई जनताको घरदैलोमै सेवा प्रवाह गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको हो । आम नागरिकलाई यो सेवाबाट प्रत्यक्ष रुपमा फाइदा पुगेको भूसालको तर्क छ । अहिलेसम्म प्रत्येक वडाबाट २० देखि२५ वटा योजना सम्झौता, १ सय ५० को हाराहारिमा जेष्ठ नागरिकलाई परिचयपत्र, २० देखि २५ को हाराहारीमा अपाङ्गता परिचयपत्र वितरणलगायतका सेवा प्रवाह भइसकेका छन् । गाउँपालिका केन्द्रबाट सेवा लिन नसक्नेहरुलाई गाउँपालिकाको यो घुम्ति कार्यक्रमले घरदैलोमै सेवा लिने अवसर प्राप्त भएको छ । अधिकृत भुसाल यसअघि विभिन्न कार्यालयमा रहँदा पनि जनताको मन जित्ने खालका कार्यक्रम गरेर लोकप्रिय बन्दै आएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार