free website hit counter

सेवाग्राही खोज्दै छत्रदेव गाउँपालिका

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । प्रदेश नं. ५ को अर्घाखाँची जिल्लामा रहेको छत्रदेव गाउँपालिकाले जनताका वरिपरि सेवा घुम्नुपर्छ भन्ने मान्यता राखेर मंसिर १८ गतेदेखि २४ गतेसम्म एक हप्ते घुम्ति शिविर शुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालकाअनुसार गाउँ पालिकाका ८ वटा वडालाई लक्षित गरी एकीकृत घुम्ति सेवा शुरु गरिएको हो । १८ गतेबाट शुरु भएको घुम्ति शिविर आइतबारसम्म जारी रहँदा वडा नं. ६ मा पुगेको छ । अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकहरुको परिचयपत्र वितरण, प्रत्येक वडामा विनियोजित विकास कार्यक्रमको योजना सम्झौता बैंक खाता खोल्ने कार्यक्रम र वित्तीय साक्षरता कार्यक्रमलाई मुख्य रुपमा एकीकृत घुम्ति सेवामार्फत् जनतालाई सेवा प्रवाह गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको हो ।

गाउँपालिकाका कर्मचारी र वडाका कार्यरत कर्मचारीहरुको संयुक्त जनशक्ति परिचालन गरेर नियमित कार्यक्रमलाई जनताको घरदैलोमै सेवा प्रवाह गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको हो । आम नागरिकलाई यो सेवाबाट प्रत्यक्ष रुपमा फाइदा पुगेको भूसालको तर्क छ । अहिलेसम्म प्रत्येक वडाबाट २० देखि२५ वटा योजना सम्झौता, १ सय ५० को हाराहारिमा जेष्ठ नागरिकलाई परिचयपत्र, २० देखि २५ को हाराहारीमा अपाङ्गता परिचयपत्र वितरणलगायतका सेवा प्रवाह भइसकेका छन् । गाउँपालिका केन्द्रबाट सेवा लिन नसक्नेहरुलाई गाउँपालिकाको यो घुम्ति कार्यक्रमले घरदैलोमै सेवा लिने अवसर प्राप्त भएको छ । अधिकृत भुसाल यसअघि विभिन्न कार्यालयमा रहँदा पनि जनताको मन जित्ने खालका कार्यक्रम गरेर लोकप्रिय बन्दै आएका छन् ।

सम्बन्धित समाचार