free website hit counter

सोनापुर मिनरल्सको १ अर्ब १७ करोड बिक्री आम्दानी

beemaadmin
२०८१ बैशाख २९, शनिबार

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ करोड ८० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बिक्री आम्दानी घटेका कारण कम्पनी नोक्सानीमा पुगेको हो। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८०.२२ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९९.३९ प्रतिशत घटेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा रहेको छ। ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५२ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार