free website hit counter

सोमबार बढेको सुन मंगलबार घट्यो

beemaadmin
२०७९ जेष्ठ १७, मंगलवार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । त्यसअघि, लगातार दोस्रो दिन सुनको मूल्य स्थिर थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो सोमबार तोलामा १२ सय ८५ रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको मूल्य आज १२ सय ७० रुपैयाँ छ ।

सम्बन्धित समाचार