free website hit counter

सोलुखुम्बुमा गोली चल्यो, सिन्धुपाल्चोकमा निषेधाज्ञा

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६को ३ (क) बमोजिम आफ्नो जिल्लामा पर्ने बाह्रबिसे नगरपालिका आसपासको कङ्खर्यु आदेश जारी गरेकी छिन् ।

बाह्रबिसे नगरपालिका वडा नं. ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु माघ ३ गते नगरपालिकाले हटाएको विषयमा असन्तुष्ट पक्षबाट माघ ४ गते शनिबार बजारक्षेत्रमा नाराजुलुस गरी नगरपालिका कार्यालयमा तालाबन्दी एवं केही सामानहरु तोडफोड गरिएकोले उक्त समूहबाट हुलदंगा र अशान्ति हुनसक्ने देखिएको भन्दै आइतबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म अर्को व्यवस्था नभएसम्मका लागि भेला हुन नपाउने गरी आदेश जारी गरेकी छिन् ।

यसैगरी सोलुखुम्बु जिल्लाको तिङ्लामा गोली चलेको छ । त्यहाँ जारी आन्दोलन हिंसात्मक बनेपछि गोली चलाइएको बुझिएकोछ । तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेको छन् । त्यसक्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत प्रहार गरेको हो । एक जनालाई गोली लागेको स्थानीयबासीले दावी गरे पनि प्रहरीले पुष्टि गरेको छैन । तर केही प्रदर्शनकारी घाइते भने भएका छन् । यस क्रममा प्रदर्शनकारीले १२÷१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् ।

तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो । तर तिङ्लाबासीले त्यसको विरोध जनाए । मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका(११, तिङ्लामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा उनीहरुले विरोध जनाएका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार