free website hit counter

सोलुखुम्बुमा गोली चल्यो, सिन्धुपाल्चोकमा निषेधाज्ञा

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६को ३ (क) बमोजिम आफ्नो जिल्लामा पर्ने बाह्रबिसे नगरपालिका आसपासको कङ्खर्यु आदेश जारी गरेकी छिन् ।

बाह्रबिसे नगरपालिका वडा नं. ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु माघ ३ गते नगरपालिकाले हटाएको विषयमा असन्तुष्ट पक्षबाट माघ ४ गते शनिबार बजारक्षेत्रमा नाराजुलुस गरी नगरपालिका कार्यालयमा तालाबन्दी एवं केही सामानहरु तोडफोड गरिएकोले उक्त समूहबाट हुलदंगा र अशान्ति हुनसक्ने देखिएको भन्दै आइतबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म अर्को व्यवस्था नभएसम्मका लागि भेला हुन नपाउने गरी आदेश जारी गरेकी छिन् ।

यसैगरी सोलुखुम्बु जिल्लाको तिङ्लामा गोली चलेको छ । त्यहाँ जारी आन्दोलन हिंसात्मक बनेपछि गोली चलाइएको बुझिएकोछ । तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेको छन् । त्यसक्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत प्रहार गरेको हो । एक जनालाई गोली लागेको स्थानीयबासीले दावी गरे पनि प्रहरीले पुष्टि गरेको छैन । तर केही प्रदर्शनकारी घाइते भने भएका छन् । यस क्रममा प्रदर्शनकारीले १२÷१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् ।

तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो । तर तिङ्लाबासीले त्यसको विरोध जनाए । मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका(११, तिङ्लामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा उनीहरुले विरोध जनाएका हुन् ।

सम्बन्धित समाचार