free website hit counter

सोल्टी होटलको नाफा ४१ करोड

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले धेरै हो । घिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कर्जा घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५ करोड ३ लाख रुपैयाँ कर्जा घटेर १३ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको रिटेन्ड अर्निङको आकार पनि १ अर्ब ३ करोडबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ४.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.५८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२.४८ रुपैयाँ,पिई अनुपात ९८.९१ गुणा र तरलता अनुपात १.२२ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार