free website hit counter

सौतासँग गएको रिसमा टोकेर लिंग चैट

beemaadmin
२०७७ चैत्र १७, मंगलवार

एजेन्सी । एउटी महिलाका लागि सबैभन्दा ठूलो शत्रु कोही हुन्छ भने त्यो सौता हो । तर कहीं कतै सौता सौता पनि मिलेर बसिरहेका हुन्छन् । सौतासँग गएर आफूलाई धोका दिएको रिसमा जेठी श्रीमतीले आफ्ना श्रीमानको लिंग टोकेर चुँडाइदिएकी छिन् ।

पीडितलाई अस्पताल लगिएको भए पनि उनको चुँडिएको लिंग ‘मृत’ भइसकेकोले डाक्टरहरुले त्यसलाई पुनः जोड्न सकेनन् । पूर्वी युगाण्डाको बुगवेरी जिल्लाका मुकाएर बसिर नामका व्यक्ति एक रात अन्तै बसेर सोमबार फर्किएपछि उनकी ३८ वर्षकी श्रीमती असिफा नाकागालोले बसिरको गुप्तांगमा दाँत गाडेकी थिइन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार अब ४९ वर्षका बसिरले बाँकी जीवनमा कहिल्यै यौनसम्बन्ध राख्न सक्ने छैनन् र उनले पिसाब गर्नको लागि पनि क्याथेटरको सहयोग लिनुपर्नेछ । समाचारअनुसार आफ्ना पति घर नफर्किएकोमा नाकागालो आक्रोशित थिइन् त्यसैले उनले पनि घर फर्किनासाथ आक्रमण गरेकी थिइन् ।

द वर्ल्ड नेटका अनुसार बसिरले आफ्नी अर्की श्रीमती गर्भवती भएकोले आफू राती उनीसँगै बसेर बिहान मात्र फर्किएका थिए । मुकाएरको उपचार गरिरहेका डा। सुनाका अनुसार अब उनी बाँकमी जीवनमा यौन सम्बन्धका लागि असक्षम हुनेछन् । अब उनले बाँकी जीवनमा पिसाब फेर्न पनि क्याथेटरको सहायता लिनुपर्ने डाक्टरले बताए । बुसोका इस्ट पुलिस स्टेशनका प्रवक्ता जेम्स मुबीले घटनाको पुष्टि गर्दै आरोपी महिला फरार रहेको बताएका छन् । पुलिसले उनको खोजी गरिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार