free website hit counter

स्कुल बिदा भएपछि जंगलमा सेक्स पार्टी

beemaadmin
२०७८ पुष ७, बुधबार

एजेन्सी । विद्याकी देवी सरस्वीको मन्दिर भनिने विद्यालयहरु व्यापारिक थलो बन्दै गएका छन् । त्यहाँ न त विद्यार्थी अनुशासनमा छन् न त शिक्षक वर्ग नै अनुशासमा बसेका छन् । आफ्नै विद्यार्थी बलात्कारको आरोपमा गुरुहरु पक्राउ पर्नु नौलो घटना हुन छाडेका बेला बिदाको मौका छोपी सेक्स पार्टी चलाउने झण्डै डेढ दर्जन विद्यार्थी पक्राउ परेका छन् । स्कुल विदा भएपछि मदिरा, ड्रग्ससहित सेक्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी पक्राउ परेका हुन् । उनीहरुलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको हो । केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थीहरु, मदिरा, ड्रग्सको नशामा सामूहिक यौन सम्बनधसहित पार्टी गरिरहेका थिए । घटनास्थलमाट महिला र पुरुष गरी १६ जना विद्यार्थीलाई पक्राउ गरिएको छ । अन्य संदिग्धहरुको खोजी जारी छ ।
यो स्कुल देशको गिटिटु प्रान्तमा छ । स्कुलबाट विद्यार्थीहरुलाई चाडपर्वको विदा दिइएको थियो ताकि उनीहरु आफ्नो घर जान सकुन् । विद्यार्थीहरु बसमा चढेर स्कुलबाट निस्किएका थिए । तर, घर जानुको सट्टा ठूलो संख्यामा विद्यार्थीहरु मदिरा पिउँदै सामूहिक शारीरिक सम्बनध बनाइरहेको अवस्थामा पक्राउ परेका हुन् । स्थानीय मिडिया टिभी४७ ले सूत्रको हवाला दिँदै बताएअनुसार मंगलबार माकुयुका बारहरु र जंगली क्षेत्रबाट विद्यार्थीहरु पक्राउ परेका हुन् ।
केही विद्यार्थीहरुलाई बारको कोठाबाट निवृस्त्र अवस्थामा पक्राउ गरिएको हो । घटनास्थलबाट पुलिस अधिकारीहरुले हेरोइन सहित लागूऔषध पनि बरामद गरेका छन् । विद्यार्थीहरुमाथि कुन कानुनअनुसार कारवाही अगाडि बढाइयो भन्ने स्पष्ट छैन । सुत्रका अनुसार १० जना विद्यार्थी एउटा बन्द बारभित्र मदिरा पिउँदै शारीरिक सम्बन्ध बनाइरहेको अवस्थामा समाथिएका थिए भने अन्य विद्यार्थी जंगलमा यौन व्यवहार गरिरहेको अवस्थामा समातिएका थिए । यी सबै विद्यार्थीलाई माकुयु पुलिस स्टेशन लगिएको छ जहाँ उनहिरुलाई हिरासतमा राखिएको छ । पुलिस अधिकारीहरुले पक्राउ परेका विद्यार्थी र उनीहरुका स्कुलका कर्मचारीसँग सम्पर्क गरिरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार