free website hit counter

स्ट्याण्डर्ड चार्टर्डले २२.५० प्रतिशत नगद लाभांस दिने

beemaadmin
२०७६ कार्तिक ५, मंगलवार

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको नाफाबाट २२.५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ।
गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा लाभांस बढाएको हो। पूँजी वृद्धि योजना पछि बोनस शेयर दिएरै पूँजी जुटाएको बैंकले पछिल्लो समय लाभांस दर घटाएको थियो।
नेपाल राष्ट्र बैंकबाट लाभांस वितरणको प्रस्ताव स्वीकृत भए पछि सोमबार सार्वजनिक गरेको हो। बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड रुपैयाँ छ। यस पूँजीको २२.५ प्रतिशत नगद लाभांस अनुसार शेयरधनीहरुले एक अर्ब ८० करोड रुपैयाँ लाभांस प्राप्त गर्ने छन्।
बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको थियो। जस मध्ये लाभांस बाँड्न योग्य मुनाफा भने जम्मा एक अर्ब ८० करोड मात्रै थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार