free website hit counter

स्ट्याण्डर्ड चार्टर्डले घोषणा गर्यो १३ प्रतिशत लाभांश

beemaadmin
२०७८ आश्विन २०, बुधबार

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद (करसहित) गरी कूल १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगाामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ नाघ्ने छ ।
प्रस्तावित १३.०६ लाभांश अघिल्लो आवको तुलनामा बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयरधनीलाई ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार