free website hit counter

स्ट्यान्डर्ड चार्टर छाडेर बजगाइँ नबिलमा

beemaadmin
२०७६ कार्तिक १०, आईतवार

काठमाडौं। नबिल बैंकको नायव महाप्रबन्धकका रुपमा आदर्श बजगाइँ आएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेका बजगाइँले १६ वर्ष लामो सेवा छाडेर नबिल बैंक जोइन गरेका हुन् । बजगाइँ चार्टर्ड बैंकको कोर ब्यवस्थापन समूहमा थिए। उनले चार्टर्डबाटै करियर सुरु गरेका हुन्। चार्टर्डमा १६ बर्षभन्दा बढि समय बिताएपछि उनी पहिलो संयुक्त विदेशी लगानी भएको बैंक नबिलमा आबद्ध भएका हुन्।
उनले चार्टर्डमा इन्ट्री लेभल बाट करियर सुरु गरेका थिए। त्यहाँ उनले ऋण प्रवाह, जोखिम ब्यवस्थापन, वित्त ब्यवस्थापनलगायतका विभागमा बसेर काम गरेका थिए।
उनले चार्टर्डको सिंगापुर, मलेसिया, थाइल्यान्डमा ट्रेनीका रुपमा काम गरेका थिए। नबिलमा उनले अन्तर्राष्ट्रिय ब्यापार, ट्रेजरीलगायतका काम हेर्ने जिम्मेवारी पाएका छन्।

सम्बन्धित समाचार