free website hit counter

स्पष्टीकरण साेधिने पाँच जनामा माधवसँगै झाँक्री पनि

beemaadmin
२०७७ चैत्र ७, शनिबार

काठमाडौं । नेकपा एमालेभित्रको विवाद चरम उत्कृर्षमा पुगेको छ । फूटको रेखा कोरिइसकेको बेला नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ । नेपाल र रावलसहित सुरेन्द्र पाण्डे घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो । साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको एक नेताले जानकारी दिए । पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ । अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार