free website hit counter

स्वरोजगारमूलक व्यवसाय गर्नेलाई एनएमबिको साथ

beemaadmin
२०७७ श्रावण १६, शुक्रबार

काठमाडौं । युवा बेरोजगारी डरलाग्दो गरी बढिरहेको बेला एनएमबि बैंकले स्वरोजगारमूलक पेशा तथा व्यवसाय गर्न चाहनेहरुका लागि सरल ऋण प्रवाह गर्ने भएको छ ।

एनएमबि बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्धन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले एनएमबि बैंकमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुन् ।

यसअन्तर्गत दोस्रो पक्षले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका युवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार युवाहरुलाई लक्षित गरि सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने साथै एनएमबि बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार