free website hit counter

स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९/९ लाख

beemaadmin
२०७६ मंसिर २५, बुधबार

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई भने जनही ११ लाख रुपैयाँ दिने बताइएको छ ।

टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा भएको छ । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । तर टिम इभेन्टमा रजत जित्ने खेलाडीले कति पुरस्कार पाउने घोषणा गरिएको छैन । टिम म्यानेजर र अन्य सहयोगीले रकम के कति पाउने भन्ने पनि घोषणा भएको छैन ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि सबै प्रश्नाको हल हुने बताए । १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार