free website hit counter

स्वाभिमान लघुवित्तले लाभांश नदिने

beemaadmin
२०८३ आश्विन २८, बुधबार

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

असोज २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण गरिने छैन।

Advertisement
Advertisement

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत गरेको छ।

Advertisement
Advertisement

लाभांश वितरण नगर्ने निर्णयसँगै कम्पनीका सेयरधनीले यस वर्ष नगद लाभांश वा बोनस सेयर प्राप्त गर्ने छैनन्। वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वित्तीय प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित समाचार