free website hit counter

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई खोजी खोजी कारबाही गर्न गृहको निर्देशन

beemaadmin
२०७७ भाद्र ८, सोमबार

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै जाँदा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुन थालेपछि त्यस्ता व्यक्तिलाई खोजी खोजी कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न भन्दै अहिलेसम्म ४८ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको जोखिम रहेका ४८ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ०हरुले निषेधाज्ञा लगाएको जनाएको छ।

त्यस्तै ७७ वटै जिल्लामा सिडिओको संयोजत्वमा अनुगमन टोली बनाएर अनुगमन पनि भइरहेको मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनको व्यवस्थापन, उद्दार, विदेशबाट स्वेदश आउनेको व्यवस्थापन, काठमाडौं उपत्यकामा क्वारेन्टाइन निर्माण लगायतका कामहरु पनि भइरहेको मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ।

यसैगरी मास्क प्रयोग नगरी हिँड्ने ४ लाख ६४ हजार २ सय १६ जनालाई नियन्त्रणमा लिएको र उनीहरुमध्ये ३ लाख ९० हजार ५ सय ४५ जनालाई सम्झाई बुझाई छाडिएको र ४२ हजार ६५ जनालाई मास्क वितरण गरेर छाडिएको मन्त्रालयले जनाएको छ। त्यस्तै काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ८ हजार ६ सय २१ सवारी साधन तथा अनुमति बिना काठमाडौं प्रवेश खोज्ने २० हजार ८ सय ७६ जनालाई नाकाबाटै फिर्ता गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

त्यसैगरी कोरोना नियन्त्रणको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा राष्ट्र् सेवकमाथि दुव्र्यवहार भएमा तुरुन्त कारबाही गर्न सिडिओलाई निर्देशनसमेत दिइएको मन्त्रालले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार