free website hit counter

स्वास्थ्य बिमा बोर्डको जिम्मेवारी थपलियालाई

beemaadmin
२०७७ असार २३, मंगलवार

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा‍. राधिका थपलियालाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपलियालाई सो जिम्मेवारी दिएको हो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी अर्को निर्णय नहुन्जेलसम्मका लागि डा. थपलियालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेशकुमार पोखरेलले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भइसकेको छैन । आर्थिक वर्षको अन्त्यमा राजीनामा दिँदा थुप्रै कामहरू रोकिएकाले तत्काल काम चलाउनका लागि थपलियालाई नियुक्ति दिइएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताए । डा. थपलिया यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको स्वास्थ्य शिक्षा प्रशासकको कार्यरत थिइन् । बीमा बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रावधान छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार