भविन्द्र कार्की
कुनै समय नेपालका गाँउमा विद्युत लाईन पुग्दा पनि विजुली बाल्ने र न्यूनतम महसुल तिर्ने अरुचि देखिएको जस्तो हाल नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमालाई पनि मुलुकका कतिपय ग्रामीण भेगमा नरुचाइएको पाइएको छ ।
विरामी परेपछि मात्र अस्पताल धाउने नेपाली मानसिकता र कमजोर आर्थिक अवस्थाका कारण पनि स्वास्थ्यबीमा बापत बुझाउने रकम व्यथैमा गएको हो कि ? भन्ने गलत मानसिकताका कारण पनि स्वास्थ्य बीमा राम्रो हुँदाहुँदै पनि त्यसलाई विशेषगरी स्वास्थ्यबीमा लागू भएका मुलुकका ग्रामीण भेगहरुमा आकर्षित बनाउन सकिएको पाइदैन । मुलुकका दुर्गम भेगमा स्वास्थ्य बीमा पुग्न सकेको छैन भने धेरै रुची भएको र धेरै जनतालाई समेटन सक्ने काठमाडौँमा पनि त्यसको प्रभाव देखिन बाँकी नै छ ।
नेपाल सरकारले मुलुकको ७७ वटै जिल्लामा स्वास्थ्य बीमा विस्तार गर्ने रणनीति लिदै राम्रो कार्यको थालनी गरेको भए तापनि त्यसका बाधा अडचन भने देखिन थालेको छ । हाल लागू भएका जिल्लाहरुमा स्वास्थ्यबीमा नविकरणमा ‘ड्रपआउट रेसियो’ करिब २२ प्रतिशतले रुचि नदेखाएको बताइएको छ । यसले पनि थप ठाउँमा स्वास्थ्य बीमा पु¥याउने सरकारी अभियानका साथै हाल स्वास्थ्य बीमा गरिएका क्षेत्रका जनतालाई पनि त्यसको महत्व र औचित्य पुष्टि गर्दै थप चेतनामूलक कार्यक्रम ल्याउनु जरुरी देखिएको छ ।
मुलुकका सबै भागमा स्वास्थ्य सेवाको पहुँच नहुनले पनि स्वास्थ्य बीमा ‘ड्रपआउट रेसियो’मा फरक परेको देखिएको छ । स्वास्थ्यबीमा लागू भएका मुलकका दुर्गम भेगका जिल्लाहरुको स्वास्थ्य चौकीमा सेवा सुविधाको कमीका कारण विरामी हुँदा राम्रो स्तरको उपचार हुन नसक्ने अनि निजी अस्पतालमा उपचार गराउदा बीमा दावी गर्न गा¥हो पर्ने कारणले पनि ‘ड्रपआउट रेसियो’मा बढोत्तरी भएको हुनसक्ने विज्ञहरुको दावी छ । सरकारले सुरु गरेको स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन र ‘ड्रपआउट रेसियो’ कम गर्नका लागि मुलुकभरका स्वास्थ्य सस्थाहरुको स्तरोन्नति गर्नुको विकल्प देखिदैन ।
काठमाडौँ जस्ता एकै पटक धेरैले स्वास्थ्य बीमा गर्न सक्ने र सरकारी अस्पतालको सेवा सुविधा पनि उच्च रहेको ठाउँमा भने चाहेर पनि स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न सकिएको छैन । सरकारी स्वास्थ्य बीमामा ‘ड्रपआउट रेसियो’ को अवस्था हेर्दा लागू भएका जिल्लाका सुगम र राम्रो स्वास्थ्य सेवा भएका अस्पताल नजिक रहेका जनताले बीमा नविकरण नै गरेको पाइएको छ भने सेवा लिन गा¥हो र दुर्गम भेगका जनताको भने खासै रुचि देखिएको छैन । कमजोर आर्थिक अवस्था ‘ड्रपआउट रेसियो’ को अर्को कारण बनेको छ । बर्षभरिमा सामान्य विरामी मात्र हुने अवस्थाले गर्दा एक बर्षमात्र कुनै सेवा लिन नपाउँदा पनि पैसा बेकारमा खर्च भयो भन्ने मानसिकता पनि ‘ड्रपआउट रेसियो’को बाधक बनेको छ । त्यसका लागि स्वास्थ्य बीमा लागू भएका क्षेत्रका एक पटक बीमा गराएर मात्र नपुग्ने त्यसको फाइदाका बारेमा जनतालाई बारम्बार बुझाउन सक्नुपर्ने चुनौति पनि थपिएको छ ।
सरकारले स्वास्थ्य बीमा लागू गरेको मुलुकका सहरी क्षेत्रहरु पाल्पा, चितवन, झापा, जस्ता क्षेत्रका जनता बढी चेतनशिल, आर्थिक रुपले सम्पन्न र त्यस्ता क्षेत्रमा सरकारी स्वास्थ्य सेवाको स्तर समेत राम्रो भएकोले ‘ड्रपआउट रेसियो’ निकै कम पाइएको छ भने त्यस्ता क्षेत्रहरुमा बीमा दावी पनि उच्च मात्रामा परेको बताइएको छ ।