free website hit counter

स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब विनियोजन

beemaadmin
२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौ‌। सरकारले आगामी आव २०८२–८३ मा बजेटमार्फत १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आव २०८२–८३ को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेका हुन् । सरकारले आगामी आव मा बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने यससम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वय र दायरा विस्तार गरिने जनाएको छ। त्यस्तै बीमीतको सुविधा थैली क्रमश वृद्धि गर्दै लैजाने, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकिकृत गरिने, बीमितहरुलाई फरक फरक पोलिसी सुविधा उपलब्ध गराइने भएको छ । बीमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरपना हटाइने भएको छ । चुवावट नियन्त्रण र संस्थागत शुुसासन कायम गरिने, जेष्ठ नागरिक, अपंगता भएका व्यक्ति दलित, अतिविपन्न तथा अल्पसंख्याक समुदायको बीमा सुविधा निरन्तरता दिने पौडेलले बताएका छन् ।

सम्बन्धित समाचार