free website hit counter

स्वास्थ्य बीमा नवीकरण नगर्नेलाई थप शुल्क नलाग्ने

beemaadmin
२०८२ भाद्र १२, बिहीबार

काठमाडौँ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बोर्डले असोज मसान्तभित्र नवीकरण गरेमा कुनै थप शुल्क नलाग्ने जनाएको छ । तर कातिक ३१ गतेपछि भने चर्को विलम्ब शुल्क लागू हुने चेतावनी समेत बोर्डले दिएको छ । बुधबार बोर्डले एक सूचना जारी गर्दै असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको छ । यसका लागि बिमितहरूले अनलाइन प्रणाली वा दर्ता सहयोगीमार्फत २०८२ कार्तिक ३१ गतेभित्र अनिवार्य रूपमा स्वास्थ्य बिमा नवीकरण गर्नुपर्नेछ ।
बिमा म्याद अवधिपछि नवीकरण गर्ने बिमित परिवारलाई भने शुल्क लाग्ने बोर्डले जनाएको छ । म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्नेछ । त्यसपछि ६ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्ने जनाइएको छ । ६ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्नेछ । एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत थप शुल्क लाग्नेछ । दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्ने र तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चार गुणा बराबरको शुल्क लाग्ने बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार