free website hit counter

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी

beemaadmin
२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षका बाँकी दाबी तथा चालु आर्थिक वर्षको पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज, कात्तिक र मंसिर महिनासम्म प्राप्त भई स्वीकृत भएका दाबीहरूको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो।

पछिल्लो निर्णयअनुसार पुस महिनामा स्वीकृत भएका दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको बोर्डले जनाएको छ।

यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका सबै स्वास्थ्य बीमा दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले स्पष्ट पारेको छ।

बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सोही प्रक्रियालाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार