free website hit counter

स्वास्थ्य बीमा बोर्डमा २ सदस्य थपिए

beemaadmin
२०७७ आश्विन ४, आईतवार

काठमाडौ । स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको स‌ंयोजकतामा बसेको मन्त्रिस्तरीय बैठकले प्यूठानका थापा र सुर्खेतका तिवारीलाई बोर्डको सदस्यमा नियुक्त गरेका हुन् । यो नियुक्ती पश्चात स्वास्थ्य बीमा बोर्डले एकै पटक २ जना सदस्य पाएको छ । उक्त नियुक्ती पाएका २ जना सदस्यको कार्यकाल ४ वर्षका लागि तोकिएको छ । सो नियुक्ती अनुसार थापा बीमितको तर्फबाट सदस्य भएका हुन भने तिवारी विज्ञ सदस्यमा नियुक्त भएका हुन् । दुवै नव नियुक्त सदस्यले पद तथा गोपनियताको सपथ लिदै स्वास्थ्य बीमा बोर्डमा पदभार सम्हाल्न सुरु गरेका छन् । यस्तै, केही समय अघि नियुक्त भएका स्वास्थ बीमा बोर्डका सेनेन्द्रराज उप्रेतीले पनि स्वास्थ्य मन्त्री ढकालबाट सपथ लिएका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार