free website hit counter

स्वास्थ्य सचिवमा डा विकास देवकोटा

beemaadmin
२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो। सिफारिसमा परेका तीन जनामध्ये मन्त्रिपरिषदले डा देवकोटालाई सचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। डा देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा कार्यरत छन्। सचिवमा बढुवाको निर्णयसँगै उनी अब मन्त्रालयमा गएर सचिवको जिम्मेवारी सम्हाल्ने छन्। स्वास्थ्य सेवामा डा देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका सातौं तहबाट प्रवेश गरेका हुन्। उनले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन्। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन्।

सम्बन्धित समाचार