free website hit counter

स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा

beemaadmin
२०७६ पुष १६, बुधबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशभरि कार्यरत स्वास्थ्य स्वयम्सेविकाले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउने भएका छन् । प्रदेश सरकारले स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा खर्च व्यहोर्ने गरेको छ ।

स्वास्थ्य बीमा बोर्डले देशैभरका स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा सेवा दिँदै आएको थियो । सुदुरपश्चिम प्रदेश सरकारले बाँकी ५० प्रतिशत शुल्क पनि तिरिदिने निर्णय गरेको हो । हाल सुदूरपश्चिम प्रदेशमा मात्रै ६ हजारभन्दा बढी स्वयंम सेवकहरु कार्यरत छन् । गत वर्ष प्रदेश सरकारले प्रति महिला स्वास्थ्य स्वयंसेविका १० हजार रुपैयाँ दिएकोमा यस वर्ष बीमा शुल्क पनि निःशुल्क बनाएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको उपस्थितिमा मन्त्रालयका उपसचिव झंकरबहादुर बिष्ट र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार