free website hit counter

हजार संख्यामा सरकारी जागिर खुल्यो (आयोगको सूचनासहित)

beemaadmin
२०७६ मंसिर २५, बुधबार

काठमाडौं । रोजगारीको खोजीमा रहेका र टुप्पी कसेर लोकसेवा आयोगको तयारी गरिरहेका युवाहरुलाई खुशीको खबर आएको छ । लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि आज सार्वजनिक विज्ञापन आह्वान गरेसँगै युवाहरुलाई खुशीको बहार आएको हो ।  प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि १ हजार ९६ पदमा आयोगले विज्ञापन खुल्ला गरेको हो । खुल्ला गरिएको विज्ञापनमा खुलाबाट ४ सय १९ र बढुवाबाट ३ सय २८ जनाको पदपूर्ति हुनेछ भने बाँकी ३ सय ४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको आयोगको सूचनामा उल्लेख गरिएको छ ।

सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५ सय ६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २ सय १६ र बढुवाबाट १ सय ६८ जनाको पदपूर्ति गरिने छ । यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपाङ्गता भएकामा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ भने राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० अधिकृतको माग भएको छ । यसैगरी व्यवस्थापिका संसद सेवातर्फ २८ र न्याय सेवा तर्फ न्याय समूहमा २ सय ९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतका लागि विज्ञापन खुलेको हो । परराष्ट्र सेवामा भने जम्मा ४ जना अधिकृतको माग भएको छ ।

लोकसेवा आयोगबाट सार्वजनिक विज्ञापन यस प्रकार छ

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार