free website hit counter

हरिया सागपात प्रयोग गर्ने तरिका

beemaadmin
२०७८ आश्विन २७, बुधबार

खाना बनाउनुभन्दा पहिला ध्यान दिनुपर्ने कुराहरू
१. कुनै पनि तरकारी किन्नुभन्दा पहिला राम्रोसँग हेरेर सफा, ताजा तरकारी किन्नुपर्छ र सकभर अर्गानिक होस् ।
२. तरकारीहरू धेरै बेरसम्म पानीमा हालेर राख्नुपर्छ ।
३. तरकारीलाई काटेर धेरै बेरसम्म राख्नुहुँदैन । यसो गर्दा तरकारीमा भएको भिटामिन नष्ट भएर जान्छ र बाहिरको किटाणु पनि प्रवेश हुन सक्छ । त्यसैले पकाउने बेला मात्र काट्नुपर्दछ ।
४. तरकारी काट्नुभन्दा पहिला राम्रोसँग सफा पानीले पखालेर काट्नुपर्दछ । किनकि आजकाल तरकारीमा विषादीको प्रयोग ज्यादै नै भएको पाइएको छ ।
५. तरकारीलाई चाहिनेभन्दा ज्यादा पकाउनुहुँदैन । किनकि यसमा भएका भिटामिनहरू नष्ट हुन सक्छ ।
६. तरकारी पकाउदा हमेशा छोपेर पकाउनु पर्दछ ।
७. तरकारीमा चाहिने भन्दा बढी पानी हाल्नु हुँदैन यसो गर्दा तरकारीको स्वादमा फरक पर्छ र पोषण तत्व नष्ट हुन्छ ।
८. तरकारी पकाउँदा कुनै पनि किसिमको केमिकल हाल्नुहँदैन । यसले हाम्रो स्वास्थ्यमा असर पर्दछ ।
९. कुनै पनि तरकारीको बोक्रासमेत हालेर पकाउँदा ज्यादै फाइदाजनक हुन्छ तर हामीहरू त्यसको कुनै परवाह नगरी बोक्रा फालेर पकाउने गर्दछौँ, यसले गर्दा बोक्रामा भएको पोषणतत्व खेर जान्छ ।
१०. तरकारी एकपल्ट पकाइसकेपछि घरि–घरि पकाउनाले (तातो बनाउँदा) त्यसमा भएको भिटामिन समाप्त हुने हुन्छ ।
११. सडेगलेको, कीरा लागेको र धेरै दिनको बासी तरकारी पकाउनुहुँदैन । किनकि यसमा धेरै किसिमका किटाणुहरू हुन सक्छन् ।
१२. सकभर तरकारीको बोक्रासमेत पकाएर खानु राम्रो हो । तर त्यसो गर्न नसके पनि बोक्रालाई सकभर पातलो बनाएर तास्ने गर्नुपर्दछ र पोषणतत्व जोगिन्छ ।
हाम्रो समाजमा प्रत्येक जात, जाति, क्षेत्र र भूगोलका आधारमा पनि खानपान फरक–फरक हुन्छ र त्यसैको आधारमा मानिसले फरक–फरक स्वाद र रुचिअनुसार खानेकुराका परिकारहरू बनाएका छन् । जस्तै– हिमाल, पहाड र तराई यी तीनै ठाउँको खानपान र रहन–सहनमा निकै भिन्नता पाइन्छ । जस्तै– हिमाली क्षेत्रका मानिसहरूले प्रायःजसो तिब्बती खानाहरू बढी रुचाएको पाइन्छ भने पहाडमा भने त्यसको केही फरक मिश्रित खानपानको चलन बढी छ । अमिलो, पीरो, चिल्लो, तीतो, शाकाहारी, मांसाहारी दुवै भएको पाइन्छ ।
हाम्रो समाजमा धेरै तरकारी, अचार, मिठाई, अन्नबाट बनेका धेरै खानाका परिकार चलनचल्तीमा छन् । हाम्रो तराई क्षेत्रमा बस्ने नेपालीको खानपान भारतीयहरूसँग मिल्दोजुल्दो छ । भारतमा पनि विभिन्न किसिमका जातीय, क्षेत्रीय, धार्मिकताको आधारमा खानाका परिकारहरू सिर्जना भएका छन् । हाम्रो नेपाली समाजमा पनि अहिले आएर विभिन्न किसिमका खानेकुराका पारखीहरू प्रसस्तै छन् । त्यसले गर्दा हामीकहाँ पनि चाइनिज, इन्डियन, कन्टिनेन्टल, मुगलाई, साउथ इन्डियन, गुजराती, इटालियन, मेक्सिकनलगायत विश्वका नाम चलेका खानाहरू पनि नेपालका ठूला तारे होटल, रेष्टुरेन्टहरूमा प्रचलनमा आएका छन् । यसले गर्दा पनि हाम्रो समाजमा प्रत्येक घरमा कुनै पाहुना आउँदा होस् अथवा कुनै पार्टी, विवाह, व्रतबन्धमा होस् नयाँ–नयाँ किसिमका परिकारहरू बनाउन मन लाग्न सक्छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार