free website hit counter

हर्मोनको गडबढीबाट हुने ‘पीसीओएस’ के हो ? कसरी थाहा पाउने ?

beemaadmin
२०७८ पुष ८, बिहीबार
  • डा. दिपमाला कार्की

पीसीओएस भनेको महिलामा हुने एक प्रकारको हर्मोनको गड्बढि हो । पीसीओएस महिलालाई हुने एक समस्या पनि हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम पनि भनिन्छ । वास्तविक कारण थाहा नभए पनि यसका समस्यासंग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्वहरु अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने, एन्ड्रोजेन नाम गरेको हर्मोनको मात्रा बढी हुने र महिनावारी अनियमित हुने गर्छ ।
जसमा महिलाहरुको डिम्वासयले स–सानो र धेरै मात्रामा पानिको फोका (Cysts) बनाउछ । अल्ट्रासाउन्ड गराउदा १२ वटाभन्दा बढी अण्डासयहरुमा धेरै अण्डाहरु देखिन्छ । र, अण्डाको आकार ठुुलो देखिन्छ । यो चाँहि मुख्यतया १५ देखी ४५ बर्षको महिलामा यस्तो समस्या हुने गर्दछ ।

यस्ता हुन्छन् लक्षणहरु
महिला उर्वरता नहुनुको प्रमुख कारण पीसीओएस पनि एक हो । यो समस्या भएका ८० प्रतिशत महिला मोटोपनको सिकार भएका छन् । यससँगै धेरै मात्रामा र नचाहिने ठाँउमा रौहरु पलाउने, जस्तै गालामा, हातगोडामा, छातीमा, गालामा धेरैमात्रामा डन्डिफोर आउने, बढिमात्रामा तौल बढ्नु, पेटमा बोसो जम्नु,े धेरै मात्रामा कपाल झर्नु, मुटुमा समस्या देखिनु, डाईबिटिज हुनु जस्ता यसका लक्षणहरु हुन् ।

यस्ता लक्षणहरु देखिएमा हर्मोन लेबल हेर्ने रगतमा FNS, LH, Serum Estrogen, Serum Progesterone, Serum Testosterone को परिक्षण गर्नु पर्छ । यसका साथै USG Abd/ Pelvis Ultrasound  गर्ने  Sugar Level  जाँच गर्ने गर्नु पर्छ ।

समाधानका उपाय के के हुन ?
दैनिक रुपमा शरिरिक व्यायाम गर्ने, सन्तुलित भोजन खाने प्रोटिन बढि र कार्वाेहाईडेट भएको खाना कम खानुपर्छ । त्यस्तै, दैनिक रुपमा आफ्नो स्वास्थ्यको परिक्षण गराउने, सुगरको जाँच गर्ने र सुगर देखिएमा डाक्टरको सल्लाह बमोजिम सुगरको औषधीहरु खाने खाने ।

(डा. कार्की स्त्री रोग तथा निशन्तान विशेषज्ञ हुन् । उनी  एभरेष्ट अस्पतालमा कार्यरत छिन्)

सम्बन्धित समाचार

जोखिम न्युनिकरणका फाइदा

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

डा गोविन्द केसीको चेतावनी

beemaadmin
२०८१ बैशाख १०, सोमबार

बिहीबार ईदको सार्वजनिक बिदा

beemaadmin
२०८० चैत्र २८, बुधबार