free website hit counter

हस्तकला क्षेत्रको प्रबर्धनमा नबिलको सहयोग

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । हस्तकलाको प्रवद्र्धनमा नविल बैंकले सहयोग गर्ने भएको छ । १७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता सम्पन्न भएको छ ।
हस्तकला ट्रेड फेयरको उद्घाटन समारोहमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागि नबिल बैंक सधैं तत्पर रहेको बताउँदै हस्तकला क्षेत्रको उत्थानका लागि नेपाल हस्तकला महासंघसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५/७६ घोषणा गर्न पाउँदा खुशी लागेको बताउँदै निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा खुशी व्यक्त गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार