free website hit counter

हस्तकला क्षेत्रको प्रबर्धनमा नबिलको सहयोग

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । हस्तकलाको प्रवद्र्धनमा नविल बैंकले सहयोग गर्ने भएको छ । १७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता सम्पन्न भएको छ ।
हस्तकला ट्रेड फेयरको उद्घाटन समारोहमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागि नबिल बैंक सधैं तत्पर रहेको बताउँदै हस्तकला क्षेत्रको उत्थानका लागि नेपाल हस्तकला महासंघसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५/७६ घोषणा गर्न पाउँदा खुशी लागेको बताउँदै निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा खुशी व्यक्त गरे ।

सम्बन्धित समाचार