free website hit counter

हालसम्मकै महँगो भयो डलरको भाउ

beemaadmin
२०८१ मंसिर ५, बुधबार

काठमाडौं । अमेरिकी डलर हालसम्मकै महँगो भएको छ। मंसिर ५ गते, बुधबार १३५ रुपैयाँ ३७ पैसा पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको छ। यसअघि गत कात्तिक ३० गते अमेरिकी डलरको भाउ १३५ रुपैयाँ ३४ पैसा सम्म पुगेको थियो। यस दिन सो रेकर्डलाई तोड्दै डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३५ रुपैयाँ ३७ पैसा खर्च गर्नुपर्ने भएको छ। मंगलबार डलरको भाउ १३५ रुपैयाँ ३२ पैसा थियो। यस दिन ५ पैसाले भाउ बढेको हो। अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन्।

सम्बन्धित समाचार