free website hit counter

हिंसा भड्किने आशंकामा गृहको गोप्य सर्कुलर

beemaadmin
२०७७ भाद्र ११, बिहीबार

काठमाडौँ । धार्मिक हिंसावले समाजलाई भड्काएर धार्मिक हिंसा मच्चाइने खेल हुनसक्ने भन्दै गृहले गोप्य सर्कुलर जारी गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गोप्य सर्कुलर गरेको हो ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ । भदौ ७ गते सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरूमा हुनसक्ने  अवाञ्छित गतिविधि रोक्न भनिएको छ ।

पत्रमा भनिएको छ, घटनाको विषयलाई लिएर त्यहाँका जिल्लाहरूमा हुनसक्ने अवाञ्छित गवितिविधिहरु हुन, गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानुन विपरीतका कार्य भए– गरेको पाइएमा संलग्नताहरूलाई कानुनी दायरामा ल्याउने व्यवस्था हुन आदेशअनुसार अनुरोध छ । गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । प्रकरणको एक साता बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनै महत्त्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ । अनुसन्धानमा प्रहरी गम्भीर नभएको आरोप लागिरहेका बेला गृहको सर्कुलर सार्वजनिक भएसँगै थप नागरिक आक्रोश बढेको छ ।

सम्बन्धित समाचार