free website hit counter

हिजो १५ सयले बढेको सुन आज हलचल गरेन

beemaadmin
२०७९ कार्तिक ६, आईतवार

काठमाडौं । धनतेरसको दिन शनिबार तोलामा १५०० रुपैयाँले बढेको सुनको भाउ आइतबार भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यावसायी महासँघले अन्य समयमा शनिबार नयाँ मूल्य नतोक्ने भएपनि हिजो धनतेरसको दिन भने तोलामा १५०० रुपैयाँले बढाएर नयाँ मूल्य तोकेको थियो। आइतबार भने सुनको मूल्य घटबढ भएको छैन। आइतबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। यस्तै शनिबार तोलामा ४५ रुपैयाँले बढेको चाँदीको मूल्य पनि आइतबार स्थिर छ। आइतबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार