free website hit counter

हिन्दी आउँदैन भन्दै पूर्व राजाले भारतीय पत्रकारलाई नेपाली बोल्न बाध्य पारे (भिडियाेसहित)

beemaadmin
२०७७ फाल्गुन २४, सोमबार

काठमाडौं । हाम्रा नेताहरु भारतीय मिडियाले नेपालीमा प्रश्न गरे पनि या अंग्रेजीमा प्रश्न सोधे भने पनि हिन्दीमै उत्तर दिएर पारीको हुँदो देखिन खोज्छन् । तर पूर्व राजाले भने आफूलाई हिन्दू नआउँदै भन्दै पत्रकारलाई नै नेपाली बोल्न बाध्य पारेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रसँग घटेको यो घटना अहिले चर्चामा छ । पूर्वराजा ज्ञानेन्द्र अहिले भारतको दार्जिलिङमा छन् । उनका स्वकीय सचिव फणिराज पाठकका अनुसार उनी यही फागुन १९ गते दार्जिलिङतर्फ गएका हुन् । व्यक्तिगत रुपमा घुमघामको लागि भन्दै गएका पूर्वराजा यही दिन फर्किने भन्ने निश्चित भने छैन । पूर्वराजा दार्जिलिङमा रहेका बेला एक पत्रकारले उनीसँग हिन्दीमा प्रश्न सोध्न खोजेका थिए ।

तर, पूर्वराजाले उनको प्रश्न बीचमै काट्दै भने, आइ डोन्ट नो हिन्दी अर्थात म हिन्दी बुझ्दिन । पूर्वराजाको यो जवाफपछि ती पत्रकार बाध्य भएर नेपालीमा प्रश्न सोध्न थाले । उनले नेपालीमै पूर्वराजासँग भारत आउनुको कुनै विशेष कारण कि भनेर सोधे । पूर्वराजाले अहिले केही विशेष छैन भनेर जवाफ दिए अनि अगाडि बढे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार