free website hit counter

हिमालयनले म्याक्स मनिसँगको सम्झौता सुधार्यो

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौं । मुलुकको ठूलो बैकिङ सस्था हिमालयन बैंकले मलेसियाको एक विप्रेषण कम्पनीसँगको तिक्तता मेटाएर पुनः सेवा सुचारु गर्ने भएको छ । हिमालयन बैंक र विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडीएन बीएचडी बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मो. अविद हमिदले क्वालालम्पुर मलेशियामा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् । हिमालयन बैंक लिमिटेड र म्याक्समनिले आउँदा दिनहरूमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरूमा रहि अघि बढ्ने जनाएका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार