free website hit counter

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश पारित

beemaadmin
२०८२ माघ ७, बुधबार

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल व्याङक्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१–८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश करसहित पारित गरेको छ । सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८२–८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार