free website hit counter

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ६ करोड

beemaadmin
२०८१ मंसिर ३, सोमबार

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक बृद्धि भएको छ । यस कम्पनी पहिलो त्रैमासमा ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीकबो नाफा २३ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ८७ करोड २१ लाख रहेको छ । अन्य इक्विटीमा २६ करोड ९ लाख रहेको छ । महाविपत्ती कोषमा ५ करोड ८७ लाख रहेको छ । समीक्षा अवधिमा कम्पनीले ७५ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो । समीक्षा वर्षमा कम्पनीले ५६ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १९३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १९ करोड २ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३४ करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो । समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ९४ लाख ९९ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ३० लाख खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ५९ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४१ पैसा रहेको छ। कम्पनीको सोल्भेन्सी रेसियो ३ दशलमव २४ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार