free website hit counter

हिमालयन जनरल इन्स्योरेन्सको १०.५ प्रतिशत लाभांश प्रस्ताव

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। इन्स्योरेन्सको २४७ औं बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ५.५ प्रतिशत कर सहित गरी १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात इन्स्योरेन्सको आगामी २६ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

हाल एक अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ५ प्रतिशत अर्थात ५ करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको बोनस वितरण गरेपछि चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले बीमा समितिले तोकेअनुसार जगेडा तथा कोषहरु कायम गर्नुपर्ने भएपछि गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट भने लाभांश वितरण गरेको थिएन। यसअघि आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट भने १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार