free website hit counter

हिमालयन डिष्टिलरीको नाफा साँघुरियाे

beemaadmin
२०७९ भाद्र ३, शुक्रबार

काठमाडौं । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो सुधार भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत मात्र बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.५४ प्रतिशत र कुल नाफा १२.५० प्रतिशत बढेको छ। त्यसैगरी कुल सञ्चालन आम्दानी ९।१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.५० प्रतिशत घटेको छ। कम्पनीको बिक्री तथा वितरण खर्च बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो। जसले गर्दा नाफामा पनि दबाब परेको हो। समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७५ प्रतिशत बढेको छ भने जगेडा कोष १६.५० प्रतिशत बढेको छ।
७५ प्रतिशत बोनस शेयर वितरण गरेको यस कम्पनीको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ५० रुपैयाँ ५२ पैसा घटेर ६९ रुपैयाँ ५० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९ रुपैयाँ ७ पैसा रहेको छ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार