free website hit counter

हिमालयन बैंकका ग्राहकलाई विशेष छुट

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं । बैकिङ पहुँच विस्तारसँगै ग्राहकलाई सेवा सुविधा बढाउने अभियानमा बित्तीय संस्थाहरु अघि बढेका छन् । यसै क्रममा हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं बार्षिकोत्सवको अवसरमा ग्राहकहरु माझ सेवा अभिबृद्धि गर्ने उद्देश्यले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा भारी छुट पाउने बैंकले जनाएको छ ।

बैंकले ती स्थानहरुसँगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५∞ सम्म छुटको व्यवस्था गरेको छ । यस बैंकका ग्राहकले आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार