काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा १२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा २९ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस्तै लगानी, कर्जा तथा अन्य आयबाट ८७ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीले ३० लाख २९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ५ करोड ६० लाख रुपैयाँ पुनर्बीमा कमिशन वापत खर्च गरेको छ । यस्तै ५ करोड ६२ लाख रुपैयाँ व्यवस्थापन वापत खर्च भएको छ । चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ८९ लाख रुपैयाँ, बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ र महाविपत्ती कोषमा ४ लाख ६० हजार रुपैयाँ सञ्चित छ ।