free website hit counter

हिमालयन रिको विशेष साधारण सभाले पारित गर्यो आइपीओ निष्काशन प्रस्ताव

beemaadmin
२०७९ जेष्ठ २७, शुक्रबार

काठमाडौं । नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा होटल अल्फट, ठमेल काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत पारित गरेको छ ।
त्यस्तै, सभाले नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार