free website hit counter

हिमालयन लाइफको तीज उत्सव कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ भाद्र ७, शनिबार

काठमाडौं । अग्रणी जीवन बीमक हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ‘हिमालयन तिज उत्सव २०८२’ सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडमा मनोरञ्जनात्मक कार्यक्रमका साथ तिज उत्सव सम्पन्न गरेको हो । नारीहरुको महान चाड तिजको अवसरमा कम्पनीले साउन महिनामा ल्याएको स्कीम विजेताहरुका साथ तिज उत्सव सम्पन्न गरिएको कम्पनीका कोशी प्रदेश प्रमुख रामबहादुर शाहीले जानकारी दिए । कार्यक्रममा कम्पनीको दमक, बिर्तामोड, सुरुङ्गा, बुद्धशान्ति र काँकरभिट्टा शाखाका अभिकर्ता तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतियोगितात्मक एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा प्रमिला अधिकारी प्रथम, दुर्गा राई दोस्रो र रेनुका दंगाल तेस्रो भएकी थिइन् । विजेताहरुलाई कम्पनीका प्रदेश प्रमुख शाही र उपप्रमुख भोलाकृष्ण मिश्रले अवार्ड वितरण गरेका थिए । त्यस्तै सान्त्वना स्थान हासिल गर्ने रेखा अधिकारी र सरिता थेबे सुब्बालाई टोकन अफ लभ प्रदान गरिएको थियो । कार्यक्रममा बीमाको महत्व झल्काउने ‘एकल छोरीको अधुरो सपना’ नामक नाटकसमेत मञ्चन गरिएको थियो । नाटक एमडीआरटी तथा सिनियर एजेन्सी म्यानेजर खिवराज दाहालको लेखन तथा निर्देशनमा भएको थियो । कम्पनीका दमक शाखा प्रमुख चन्द्रकला घिमिरेको कोरियोग्राफीमा विभिन्न नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सिनियर एजेन्सी मेनेजर सागर रिजाल र बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले सञ्चालन गरेका थिए । कम्पनीले बिहिबार मात्र धुलाबारी शाखामा तिज उत्सव कार्यक्रम सम्पन्न गरेको थियो ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार