free website hit counter

हिमालयन लाइफको नाफा ४० करोड नाघ्यो

beemaadmin
२०८० श्रावण ३०, मंगलवार

काठमाडौं । तीनवटा जीवन बीमा एकजुट भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा नाफा बढाएको छ । साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ मर्जर पश्चात बनेको हिमालयन लाइफले गत आर्थिक वर्षको अन्यसम्ममा कम्पनीले १४ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.४६ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १५ अर्ब २५ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको खुद नाफा भने ४२.५१ प्रतिशतले बढेर ५८ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४० करोड ७९ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ४ अर्ब २३ करोड ६४ लाख रुपैयाँ र बीमालेख धितोमा ५ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ लगानी गरी ४२ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । तीन कम्पनी मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा १ अर्ब ६ करोड ३५ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड ३१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४४ करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीले ५ लाख ७८ हजार ९५३ वटा बीमालेख जारी गरी कुल १४ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै कम्पनीले १० हजार १२५ वटा दाबी वापत ५ अर्ब ४५ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २५ पैसा, प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात ६९.९५ गुणा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार